सुष्मा देवकोटाको ‘भेल्बेटको चोली’, गीतमा चेलीको कथा-व्यथा

तुलसी गिरी ‘भावुक’


सुष्मा देवकोटाको शब्दरचना, राज सागरको सङ्गीत, सञ्जय हमालको सङ्गीत संयोजन र अञ्जु श्रेष्ठको स्वरमा केहीदिन अघि रेकर्ड भएको तीजगीत भेल्बेटको चोली को भिडियो सार्वजनिक भएको छ l दिपमाला महर्जनको कोरियोग्राफी तथा दिपी कुमार महर्जन, सम्राट महर्जन र गणेश भण्डारीको सिनेम्याटोग्राफी रहेको यस भिडियोमा गायिका अञ्जुले नै प्रमुख कलाकारको रुपमा आकर्षक नृत्य गरेकी छिन् भने एलिना तुलाधर, डिम्पल नगरकोटी, सविता श्रेष्ठ, कविता श्रेष्ठ, सोनु श्रेष्ठ, कञ्चन केसी, भिन्तुना महर्जन, लिज्जा महर्जन आदि कलाकारले अञ्जुलाई साथ दिएका छन् l भिडियो Royal Entertainment नामक युट्युब च्यानलमा अपलोड भएको छ l

SUBSCRIBE 👉

गीतमा अबिबाहित युवतीको भावना पोखिएको छ l तीज ब्रतको प्रसङ्ग छ l कस्तो पुरुषसँग जीवन बिताउनुपर्ने हो भन्ने कौतुहलताहरु छन् l भोलि नौं डाँडा काटेर कहाँ पुग्छुहोला, आज रमाइलो गरौँ, नाचौं गीतले भनेको छ l  गीतमा एउटी नारीको जीवनकथा, हाम्रो सामाजिक परिपाटी र त्यो यथार्थताभित्रका पीडाहरु कथात्मक ढङ्गमा व्यक्त भएका छन् l छोरी जन्मन्छे l फूललाई जस्तै स्याहार गरेर बाबुआमाले लालनपालन गर्छन् l जब ऊ ठूली हुन्छे अनि त्यही घरबाट उसलाई बिदाई गरिन्छ l गीतमा यस्तै मर्मस्पर्शी यथार्थ भावहरु छन् l

लामो समयदेखि सञ्चारकर्ममा क्रियाशील रहँदै आएकी यस गीतकी गीतकार सुष्मा देवकोटाले साहित्यका अन्य विधामा पनि निरन्तर कलम चलाउँदै आएकी छिन् l 

SUBSCRIBE 👉