विद्रोही भावको तीजगीतामा गायिका शोभा

तुलसी गिरी ‘भावुक’


पूर्व समयकी चर्चित प्यारोडी गायिका शोभा के. सी. ले हालै आधुनिक भावको तीजगीत दुई बित्ता सारेर को भिडियो सार्वजनिक गरेकी छिन् l राजेश कुमार श्रेष्ठको शब्द तथा सङ्गीतमा रहेको यस तीजगीतमा शोभाको एकल स्वर रहेको छ l

SUBSCRIBE 👉

जय कुमार दर्लामी मगरको सिनेम्याटोग्राफी तथा प्रेम शर्मा पौडेलको निर्देशन / सम्पादनमा निर्मित यस तीजगीत भिडियोमा शुभेक्षा थापा, कविता राय, पुष्पाञ्जली भारती, सजना खनाल, मिना सुवेदी आदि कलाकारले नृत्य / अभिनय गरेका छन् भने गायिका स्वयम्लाई पनि देख्न सकिन्छ l रोमान्टिक र विद्रोही भावमा रहेको यस आधुनिक तीज गीतमा साडी लगाएका महिलाहरु गितारमा देखिएका छन् l भन्नेले जेसुकै भनुन् बाल छैन यो ज्यानलाई गीतमा भनिएको छ l गीतमा साडी दुईबित्ता उचालेर विन्दाससँग नाच्ने कुरा गरिएको छ l  केही व्यंग्यात्मक र केही विद्रोही भाव बोकेका गीतमा रमाउँदै आएकी शोभाले यसपटक पनि आफ्नो सोही प्रकृतिको सङ्गीत कर्मलाई निरन्तरता दिएकी छिन् l  

SUBSCRIBE 👉