राष्ट्रियता र स्वाभिमानप्रति समर्पित गीत ‘मेरो पुर्खा वीर गोर्खाली’

तुलसी गिरी ‘भावुक’


अम्बिका गुरुङको शब्दरचना र शंकर थापा ‘स्माइल’ को सङ्गीत / स्वरमा रहेको गीत मेरो पुर्खा वीर गोर्खाली को भिडियो बजारमा आएको छ l राष्ट्र र राष्ट्रियताप्रति समर्पित वीर रसको यस गीतमा हाम्रो स्वाभिमान र पुर्खाका वीरगाथाहरुप्रति गर्व गरिएको छ l बजारमा प्रकाशित भईरहने आम गीत भन्दा फरक भावको यो गीत तथा भिडियोले दर्शक / श्रोतालाई अलग्गै प्रकारको आनन्द दिन्छ भने राष्ट्रभक्ति भाव समेत जागृत गराउँछ l गीत कुमार केसीको रेकर्डिङ र अशोक महर्जनको मिक्सिङ / माष्टरिङमा तयार भएको हो l

SUBSCRIBE 👉

Bhavsagar Entertainment LLC नामक युट्युब च्यानलबाट सार्वजनिक भएको  यस भिडियोमा निशान कश्यपको निर्देशन तथा सम्पादन र वुद्ध थापाको सिनेम्याटोग्राफी रहेको छ भने रुप कार्की र मनोज ओलीलाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ l

SUBSCRIBE 👉