दर्शकको रोजाईमा ‘सक्खर चिनी’ कार्टुन क्रिउको आकर्षक नृत्य

तुलसी गिरी ‘भावुक’


डिपी खनालको शब्दरचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत, सुमन के. सी. को सङ्गीत संयोजन तथा मेलिना राई र पदम राईको स्वर रहेको आधुनिक गीत सक्खर चिनी को भिडियो सार्वजनिक भएको छ l ए वन म्युजिसियन स्टुडियो, पुतलीसडकमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ / माष्टरिङ गरेको यो गीत रोमाण्टिक भावमा रहेको छ l

भिडियो गम्भीर विष्टको निर्देशन र सुबोल थापाको कोरियोग्राफीमा छायाङ्कन भएको हो भने सिनेम्याटोग्राफी नवराज उप्रेतीले र सम्पादन नवीन निरौलाले गरेका हुन् l जसमा कार्टुन क्रिउ का सरोज अधिकारी र आश्मा विश्वकर्मालाई प्रमुख मोडलको रुपमा देख्न सकिन्छ l गीत जति सुमधुर छ भिडियो पनि त्यति नै आकर्षक बनेको छ l अपलोड भएको छोटो समयमा २ लाख नजिक भ्युज पुगिसकेको यो भिडियो Kendra Motion Pictures नामक युट्युबमा हेर्न सकिन्छ l