खुशी, हर्ष र उमङ्गको तीजगीत ‘नाचौं न नाचौं न’

तुलसी गिरी ‘भावुक’


खुशी, हर्ष र उमङ्ग भाव बोकेको तीजगीत नाचौं न नाचौं न को भिडियो सार्वजनिक भएको छ l डा. कृष्णहरि बरालको शब्दरचना, कमल सौरागको सङ्गीत संयोजन र रेखा पौडेलको सङ्गीत तथा स्वरमा रहेको यो गीत मारुनी डिजिटल, उत्तरढोकामा रेकर्ड भएको हो भने गीतको मिक्सिङ / माष्टरिङ कुमार राना मगरले गरेका हुन् l

SUBSCRIBE 👉

भिडियो ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफीमा छायाङ्कन भएको हो l जसमा सिनेम्याटोग्राफी सन्तोष तिमिल्सिनाको रहेको छ l भिडियोमा प्रमुख मोडलका रुपमा नितु कोईराला र सुशिला थापाका साथमा सङ्गीतकार तथा गायिका रेखालाई पनि देख्न सकिन्छ l भिडियो Rekhaa Paudel  नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l  

SUBSCRIBE 👉