चेतनामूलक गीत बोकी सधैं दुनियाँमा सार्वजनिक

नेपाली साङ्गीतिक क्षेत्रमा सक्रीय गायिका सबिना श्रेष्ठ, सोमा खत्री र गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतनामूलक गीत बोकी सधैं दुनियाँमा सार्वजनिक भएको छ । सामाजिक कार्य र महिला सशक्तिकरणमा अग्रणी भूमिका निर्वाह गरिरहेका दुई महिला सोमा खत्री र सबिना श्रेष्ठले यो गीत तथा भिडियो सार्वजनिक गरेका हुन् l समाजमा घटिरहेका बिभिन्न अपराधिक घट्नाहरुलाई उजागर गरी त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै नारीहरुमा चेतना फैलाउने उद्देश्यले यो गीत सार्वजनिक गरिएको कुरा उनीहरुले बताएका छन् ।

SUBSCRIBE 👉

सामाजिक भावका गीतमा कलम चलाउँदै आउका गीतकार देवदत्त भट्टको शब्द र सप्रेम सागरको सङ्गीत रहेको यस गीतको भिडियोमा जनक अधिकारीको छायाङ्कन र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन रहेको छ भने दिनेश अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा लोकप्रिय गायिका कोमल वली, अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट लगायत गायिकाद्वय सोमा खत्री र सविना श्रेष्ठले समेत अभिनय गरेका छन् ।

SUBSCRIBE 👉