दशनामी अनलाइन प्रतियोगिताको नतिजा सार्वजनिक l नुवाकोटकी रोशनी प्रथम

-तुलसी गिरी ‘भावुक’


हेम गिरीको परिकल्पना, दीपक पुरीको संयोजन तथा दशनामी फन ग्रुप तथा फोटो रङ्ग महलको आयोजनामा असार महिनामा सञ्चालित दशनामी अनलाइन प्रतिभा प्रतियोगिता अन्तर्गतको साहित्य रचना वाचन प्रतियोगिता का विजेताहरुको नामावली सार्वजनिक भएको छ l आज अपरान्ह ५ बजे सार्वजनिक नतिजा अनुसार सो प्रतियोगितामा नुवाकोटकी रोशनी गिरी पहिलो, बुटवलकी सपना भारती दोस्रो र पर्वतका सन्तोष गिरी तेस्रो विजेता भएका छन् भने मोरङकी अनिषा गिरीले शान्त्वना पुरस्कार जितेकी छिन् l पहिलो, दोस्रो र तेस्रो विजेताहरुले क्रमश: जनही नगद ७ हजार, ४ हजार र २ हजार ५ सय रुपैयाको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् l यसैगरी शान्त्वना पुरस्कार विजेता अनिषाले पनि १ हजार ५ सय रुपैया र प्रमाणपत्र प्राप्त गर्नेछिन् l

कार्यक्रमका संयोजक दीपक पुरीका अनुसार प्रतियोगितामा बिभिन्न जिल्लाका २० जना दशनामीले सहभागिता जनाएका थिए l जसमध्ये पहिलो चरणमा ११ जना उत्कृष्ट प्रतियोगीहरुको छनोट गरिएको थियो भने फाइनल चरणका लागि ११ मध्येबाट ४ जना छानिएका थिए l प्रतिस्पर्धाका लागि फन ग्रुप को नियम बमोजिम प्रतियोगीहरुले साहित्यिक रचना वाचन गरेको भिडियो पठाएका थिए l यसैगरी प्रतियोगिताको निर्णायकमा साहित्यकार हेम भण्डारी रहेको र पुरस्कारको राशी अमेरिका बसोबास गर्दै आएका नारायण भारती र इशा शर्मा भारतीबाट प्राप्त भएको कुरा समेत कार्यक्रम संयोजन दीपक पुरीले जानकारी गराएका छन् l


साउनमा गायन प्रतियोगिता हुने

दशनामी फन ग्रुप तथा फोटो रङ्ग महल ले दोस्रो चरणको अनलाइन प्रतिभा प्रतियोगिता अन्तर्गत साउन महिनामा गायन प्रतियोगिताको आयोजना गर्ने कुरा कार्यक्रमका परिकल्पनाकार हेम गिरीले बताएका छन् l प्राप्त जानकारी अनुसार ईच्छुक प्रतियोगीहरुले साउन १३ गतेभित्र आफ्नो भिडियो दशनामी फन ग्रुप तथा रङ्ग महलको ईमेल nepaldashnami@gmail.com पठाईसक्नुपर्ने छ l परिकल्पनाकार हेमका अनुसार गीत नेपाली भाषामा हुनुपर्ने छ भने घटीमा ३ मिनेट र बढीमा ७ मिनेट सम्मको भिडियो पठाउन सकिने छ l प्रथम चरणमा भाग लिनका लागि गीत बिना ट्रयाक गाएको हुनुपर्ने छ l यस प्रतियोगिता सम्बन्धी केही जिज्ञाशा भए कार्यक्रम संयोजक दीपक पुरीको मोबाईल ९८४३२९१९४३ र ९८१३४२९८६४ वा व्यवस्थापक आदित्य गिरीको मोबाईल ९८१३४२५१६२ मा सम्पर्क गर्न सकिने छ l फन ग्रुप ले यसैगरी हरेक महिना नियमित रुपमा भिन्न भिन्न विधामा अनलाइन प्रतियोगिता गर्ने कुरा जानकारी गराएको छ l