प्रेम समर्पण भावमा ‘तिमीलाई सम्झँदै’

तुलसी गिरी ‘भावुक’


गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना, नरहरि प्रेमीको सङ्गीत, विपिन आचार्यको सङ्गीत संयोजन तथा जेपी रेग्मीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई सम्झँदै को भिडियो सार्वजनिक भएको छ l भिडियोमा काल भैरवको कोरियोग्राफी, जीवी आग्रीको निर्देशन र दया शंकर चौधरीको छायाङ्कन रहेको छ भने सम्पादन शितल लम्सालले गरेका हुन् l यसैगरी यस भिडियोमा सुशील जंग कुँवर, गिताञ्जली वलायर, अञ्जु धामी, नरेन्द्र एसके आदि कलाकारले अभिनय गरेका छन् l

SUBSCRIBE 👉

गीत प्रेम समर्पण भावमा रहेको छ l गीतले कसैको यादमा विचलित भएर छटपटाएको एक प्रेमीको मनोदशा उजागर पार्ने प्रयास गरेको छ l मन मुटुमा बसिसकेकी मायालुबाट टाढा भएर एकछिन पनि बाँच्न नसक्ने अभिव्यक्तिहरु छन् गीतमा l  राग भिजन मुविजको प्रस्तुतिमा रहेको यो भिडियो म्युजिक नेपाल नामक युट्युब च्यानलमा अपलोड भएको छ l

SUBSCRIBE 👉