बाबुछोरीको प्रेम र कर्तव्य अब गीतमा

विश्वकीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको नयाँ गीत म केही भन्छु सार्वजनिक भएको छ । नरहरि प्रेमी र सुम्निमा लोको स्वर तथा नरहरिकै सङ्गीत रहेको यस गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डी.आर. म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । यो गीत उपाध्यायको केही समय अघि रिलिज भएको एल्बम अनुभूतिको मझेरी मा समाविष्ट छ ।

गीतकारका रुपमा थुप्रै विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायले यस गीतमा बाबु छोरीको प्रेमलाई प्रस्तुत गरेका छन् । ‘छोरीको लागि बाबाको कत्वर्य के हो र बाबाप्रति छोरीका के कस्ता जिम्मेवारी हुन्छन् भन्ने कुरा गीतमा व्यक्त गरिएको छ l बाबु र छोरी दुबैले आफ्नो जिम्मेवारी वहन गरुन् भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. उपाध्यायले भने । गीतमा बाबा छोरीबीचको माया, ममता अनि स्नेहलाई वास्तविक चित्रण गरिएको छ ।

SUBSCRIBE 👉

दश उपन्यास र सयौं गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कमा बस्न सफल डा. डी.आर. उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम मायाको सागर सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत स्रोता/दर्शकमाझ आएका छन् ।

गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डन लगायत बिभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

उनले नेपाली गीत-सङ्गीतका विविध विधामा राखेको कीर्तिमानको खातिर विश्वका बिभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । हिरो २०१९ बाट समेत सम्मानित गीतकार डा. उपाध्यायको गीत, गीतकार सङ्घ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा वर्ष गीत पुरस्कार बाट पुरस्कृत भएको थियो । नेपाल र नेपाल बाहिर हुने बिभिन्न गीत-सङ्गीतका अवार्ड समारोहमा पनि उनका गीतले अवार्ड चुम्न सफल भएका छन् ।

शव्दमा गीत
म केही भन्छु आज सुन
मुटुको टुक्रा तिमी
आर्शीवचन मानेर छोरी
जिउनु जूनी जूनी

देउता जस्ता बाबा मेरा

छैन यस्तो कोही
हजुर हरेक आज्ञा मान्छु
म त खुशी भइ
मेरो बाबा
मेरी छोरी

तिमी हाँस्दा खुशी हुन्छु

रूँदा तिमी रून्छु म
तिम्रै लागि सधै मीठा
सपनाहरू बुन्छु म

पिताश्रीको अर्ती उपदेश

शीर माथि राखेर
बाबाको शीर ठाडो पार्छु
स्वाभिमानी बनेर

तिम्रो कारण कोही पनि

निराश हुनु नपरोस्
दुःखी गरिब खुशी होउन्
कैल्यै आँसु नझरोस्

बुबा जस्तै संस्कारी

मान्छे बन्न सकुं म
कूल घरानाकी छोरी भनी
गर्व गर्न सकुं म

SUBSCRIBE 👉