सडक किनारको कथा ‘मकै भुट्ने बूढी आमा’

तुलसी गिरी ‘भावुक’


भकारी म्युजिकको प्रस्तुतिमा भरखरै आम गीत भन्दा फरक भावको गीत मकै भुट्ने बूढी आमा को लिरिकल भिडियो सार्वजनिक भएको छ l डा. नवराज लम्सालको शब्दरचना, राजु सिंहको सङ्गीत र अमुल कार्की ढलीको सङ्गीत संयोजन रहेको यस गीतमा कर्ण दाशले स्वर दिएका छन् l भिडियो दिपेन बस्न्यातको सम्पादनमा तयार भएको हो भने बेष्ट टोन म्युजिक नामक युट्युब च्यानलमा अपलोड भएको छ l

SUBSCRIBE 👉

गीत सडक किनारमा मकै भुटेर जीवन गुजारा गर्ने एउटी बूढी आमाको जीवनकथामा आधारित छ l ती बूढी आमाका पनि हजारौं स्वर्णिम सपनाहरु थिए होलान् l तिनको पनि परिवार थियो होला अनि छोराछोरी थिए होलान्, गीतमा कौतुहलता पोखिएको छ l मान्छे किन सडकमा पुग्छ ? त्यसो हुनुमा भाग्य दोषी हो या परिवार र समाज ? उनीहरुभित्रका सुख-दु:खका कथाव्यथा कति होलान् ? कस्ता होलान् ? यस्तै यस्तै चिन्तन र पीडाबोध गीतमा महसुस गर्न सकिन्छ l बूढी आमा एक प्रतिनिधि पात्र मात्र हुन् l गीतले स्रोता समक्ष सडक किनारमा भविष्य र भाग्य खोज्दै कर्म गरिरहेका तमाम मान्छेहरुको विषयमा गम्भीर प्रश्नहरु उठाएको छ l   

SUBSCRIBE 👉