शब्द,सङ्गीत र स्वरको मनमोहक सङ्गम ‘आकाश पनि’

-तुलसी गिरी ‘भावुक’


गायिका इन्दु बानियाँले भरखरै प्रेम समर्पण भावको गीत आकाश पनि को भिडियो सार्वजनिक गरेकी छिन् l मिन बानियाँको शब्दरचना रहेको यस गीतमा बी. बी. अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ श्यामश्वेत रसाईलीले गरेका हुन् l यसैगरी सुबास जी. सी. को निर्देशन तथा छायाङ्कन एवं पवित्रा जी. सी. को सम्पादनमा भिडियो निर्माण भएको हो l

SUBSCRIBE 👉

गीतमा मायाको पराकाष्ठा वयान गर्ने प्रयास गरिएको छ l लोभलाग्दो रचनात्मक शिल्प र भाव अभिव्यक्तिको बेजोड सिलसिला भएको यो गीतमा सङ्गीत र स्वरको मनमोहक सङ्गम महसुस गर्न सकिन्छ l सङ्गीत र स्वरको माधुर्यताले शब्दको गहनतालाई यसरी अंगालेको छ, गीत सुन्दै गर्दा जो कोही स्रोताको पनि हृदय तरङ्गित हुन्छ l इन्जोए मुभिज प्रा. लि. द्वारा प्रकाशित यो भिडियो गायिका स्वयंको युट्युब च्यानल Indu Baniya मा हेर्न सकिन्छ l  

SUBSCRIBE 👉