कोरोना कहर र प्रवाशी नेपालीहरुको पीडा

-राजु बोहरा


विश्व अहिले कोरोना भाइरसको महामारीमा फँसेको छ । यो अवस्थामा पीडा सबैलाई भएता पनि हर कोहीलाई आफ्नो देशको चिन्ता अलि बढी नै हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीहरु परदेशिन बाध्य छन् । राज्यले बेरोजगारी समस्याको समाधान गरेको त छैन नै, बाध्यताबश परदेशिएका नेपालीहरुलाई अहिलेको सङ्क्रमणको घडीमा उद्धार गर्न समेत नसकिरहेको गुनासाहरु सुन्न सकिन्छ ।

यस्तै विषयबस्तुमा केन्द्रित गीत बेलाबखत आइरहेका छन् । सोही क्रममा भर्खरै मात्र डी.ए.आर मुभिज प्रा.लि.ले आउँछु फर्केर बोलको गीत बजारमा ल्याएको छ । प्रभावन जे र स्मृति गौतमको स्वरमा रहेको यस गीतको शब्द लेखन तथा सङ्गीत सिर्जना प्रभावन जे ले नै गरेका छन् ।

SUBSCRIBE 👉

गीतको भिडियोलाई पनि उत्तिकै जीवन्त बनाउने कोसिस गरिएको छ । भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय देख्न सकिन्छ ।  भिडियोको निर्देशन प्रभावन जे समूहले गरेको छ भने छायाङ्कन पिटर गुरुङ र सम्पादन नवीन भाटले गरेका हुन् ।

SUBSCRIBE 👉