रोमान्टिक भावको गीतमा मिना, सन्तोष र प्रकाश

गायिका मिना कार्कीको स्वर र लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा तयार गरिएको आधुनिक गीति एल्बम सदिक्षा कोरोना महामारीले औपचारिक कार्यक्रम मार्फत सार्वजनिक हुन सकेको छैन । सहज वातावरणमा सदिक्षा एल्बम एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिने छ । पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत शिरमा फूल … को अडियो / भिडियो सार्वजनिक गरिएको छ । जसमा प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र मिना कार्कीको स्वर रहेको छ । देवेन्द्र नेवा: को म्युजिक एरेन्ज, किशोर थापाको मिक्सिङ/मास्टरिङमा गीतको अडियो तयार गरिएको छ ।

SUBSCRIBE 👉

म्युजिक भिडियोमा समीक्षा पोख्रेल र कैलाश कठायतको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको छ । एभरेष्ट ग्यालरीको युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।

SUBSCRIBE 👉