कोरोना विरुद्धका योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै कलाकारहरु

-तुलसी गिरी ‘भावुक’


कोरोना भाइरसका कारण लकडाउन लम्बिदै गईरहेको अवस्थामा पनि सर्जक / कलाकारहरु यथा सम्भव सिर्जनामा लागिरहेका छन् l यो बीचमा कोरोना सम्बन्धी चेतनामूलक तथा कोरोना विरुद्धको लडाइँमा अहोरात्र खटिईरहेकाहरुको कदर स्वरूप उनीहरुप्रति सम्मान व्यक्त गरिएका थुप्रै गीत तथा भिडियो प्रकाशित भएका छन् l

यसै सिलसिलामा भरखरै अम्बिका गुरुङको शब्दरचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत तथा किरण भुजेल, शंकर थापा ‘स्माइल’, विना भट्टराई र खुशी थुलुङको स्वरमा हामी गर्छौं सम्मान गीतको भिडियो बजारमा आएको छ l गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ भने देवजङ थापाको निर्देशनमा भिडियो निर्माण भएको हो l

SUBSCRIBE 👉

यो विपतमा सेवा गर्ने हातहरुलाई छ सलाम, अरुको पीडा आफ्नै ठान्नेहरुलाई छ सम्मान गीतमा आफ्नो ज्यानको समेत पर्वाह नगरी निस्वार्थ रुपमा कोरोना विरुद्धको अभियानमा रातदिन खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र समाजसेवीहरुलाई सेल्युट गरिएको छ l यसैगरी गीतमा मानवीय सद्भाव यसरी नै कायम रहोस् भन्ने कामना गर्दै यस्तो सङ्कट दुनियाँमा फेरि कहिल्यै नआओस् भन्ने चाहना समेत व्यक्त गरिएको छ l भिडियो Bhavsagar Entertainment LLC नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

SUBSCRIBE 👉