तुलसी क्षेत्रीको कोरोना विशेष गीत सार्वजनिक

संसार यतिबेला कोविड १९ अर्थात् कोरोनाले आक्रान्त छ । कोरोनाकै कारण धेरैले ज्यान गुमाएका छ्न् । धेरै देशले यसको नियन्त्रणका लागि अझैपनि लकडाउन गरिरहेका छन् र पनि कोरोना फैलिने गति झन् झन् बढ्दो छ । यसका बारेमा सर्जकहरुले साहित्यक रचना र गीत सङ्गीतका माध्यमद्वारा जनचेतना पनि जगाईराखेका छन् । नेपालकै सन्दर्भमा पनि यस्ता थुप्रै कृतिहरु बजारमा आएका छन् । यसै क्रममा लोकप्रिय गायिका तुलसी क्षेत्रीले हालै कोरोनाले बिचल्ली बनायो बोलको गीत बजारमा ल्याएकी छिन् ।

SUBSCRIBE 👉

उक्त गीतमा कोरोनाका कारण समाजका तल्लो वर्गदेखि माथिल्लो वर्गसम्मका नागरिकहरुले भोग्नुपरेको आर्थिकदेखि अन्य सङ्कटको विषयबस्तुलाई समेटिएको छ । गीतमा रोजगारीको सिलसिलामा बिदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्किनका लागि ती देशहरुले दिएको दवाब र नेपाल सरकारले उद्धार गरी ल्याउन नसकेको अवस्थामा उनीहरुले भोग्नु परेको पीडालाई पनि समेटिएको छ । उक्त गीत प्रसिद्ध गीतकार सुमन श्रापितले रचना गरेका हुन् । यो उनको कोरोना संबन्धी तेस्रो गीत हो ।

गीतमा पार्वती जी. सी. को सङ्गीत रहेको छ भने तुलसी क्षेत्रीलाई पार्वती जी. सी. ले नै स्वरमा साथ दिएकी छिन् l पुन डिजिटल, पोखरामा रेकर्ड भएको यस गीतमा एल.बी. पुनको सङ्गीत संयोजन रहेको छ l गीतको भिडियो सञ्चारकर्मी समेत रहेका सन्जु सुनारको निर्देशनमा तयार भएको हो । भिडियो Basaai Official Channel  बाट सार्वजनिक गरिएको छ ।

SUBSCRIBE 👉