देशद्रोही र सिमा मिच्नेहरुलाई खबरदारी गर्दै आनन्द कार्की


-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायक आनन्द कार्कीले राष्ट्रिय भावको गीत खबरदार भिडियोमा सार्वजनिक गरेका छन् l डा. कृष्णहरि बरालको शब्दरचना र कमल आनन्दको सङ्गीत रहेको यस गीतको ध्वनि मिश्रण भोला पौडेलले गरेका हुन् l भिडियोमा विरेन तितुङको सिनेम्याटोग्राफी र लोकेश भाटको सम्पादन रहेको छ l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा भिडियो निर्माण भएको हो l यो भिडियो Singer Ananda Karki नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

गीतमा हरेक नेपालीलाई बिना वर्दीका पहरेदार हुन् भनिएको छ भने देशद्रोही र सिमा मिच्नेहरुलाई खबरदारी गरिएको छ l स्वाभिमान र वीरगाथाका विगुल फुक्दै गीतले नेपालीहरु स्वयं काँडेतार भएर सिमा रक्षा गर्छन् भनेको  छ l गीत राष्ट्र र राष्ट्रियताप्रति समर्पित छ l