एकतर्फी प्रेमको छट्पटीमा गीतकार योञ्जन

-तुलसी गिरी ‘भावुक’


कवि तथा गीतकार दिलिप योञ्जन तामाङको शब्दरचना, राजेश थापाको सङ्गीत तथा राजन माझीको स्वरमा प्रेमगीत गाजलु ती को लिरिकल भिडियो सार्वजनिक भएको छ l Rajesh Thapa Official नामक युट्युब च्यानलबाट स्रोतामाझ आएको यस गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने विनोद बमको ग्राफिकमा लिरिकल भिडियो निर्माण भएको हो l गीतमा एकै नजरमा, एकै जम्काभेटमा अनि एकै हेराईमा एकतर्फी प्रेमले व्याकुल भएको प्रेमीको मनोदशा स्वाभाविक ढङ्गमा पोखिएको छ l प्रेमीलाई मन परेकी सुन्दरीको आँखाभित्रै लुक्न, उसलाई अँगाल्न र उसका गुलावी ओठहरु चुम्न मन लागेको छ l मन घायल छ l कौतुहलता र वेचैनीबीच मिलनको काल्पनिक संसारमा हराएको छ l

अमेरिकाको टेक्सासमा बस्दै आएका दिलिप योञ्जनलाई जतिले सिर्जनशील कवि / गीतकारको रुपमा चिन्छन् त्यो भन्दा धेरैले परोपकारी व्यक्तिका रुपमा चिनेका छन् l उनले लकडाउनका कारण सङ्कटमा परेका बिपन्न परिवारको राहतका लागि हालै व्यक्तिगत रुपमै २ पटक गरेर ९२ हजार रुपैया नेपाल पठाएका थिए भने सो रकमबाट बिना थिङको संयोजनमा काठमाण्डौका ४२ परिवारलाई खाध्यान्न वितरण गरिएको थियो l

SUBSCRIBE 👉

०७२ सालको भूकम्पमा पनि उनले ७ लाख ६७ हजार रुपैयाको राहत सामग्री उपलब्ध गराएका थिए भने हाल कक्षा १ देखि नर्सिङ सम्म पढ्ने ६५ जना छात्रछात्रालाई उनले शतप्रतिशत छात्रवृत्ति प्रदान गरेका छन् l यी केही उदाहरण मात्र हुन् l यी बाहेक पनि उनले धेरै विद्यार्थी तथा समुदायलाई आर्थिक सहयोग गरेका छन् l राष्ट्रवादी सोचका दिलिप योञ्जनले देशको सिमानामा काँडेतार लगाउनका लागि रू २५ लाख दिने समेत घोषणा गरेका छन् l कवि तथा गीतकार योञ्जनका हालसम्म लगभग आधा दर्जन गीति एल्बम र ४ वटा साहित्यिक पुस्तक प्रकाशित छन् l 

SUBSCRIBE 👉