परदेशबाट गाउँघर सम्झदै प्रेम सेन्चुरी

-तुलसी गिरी ‘भावुक’


सर्जक / कलाकार प्रेम सेन्चुरीले भरखरै आफ्नै शब्द, सङ्गीत र स्वरमा प्रवाशी नेपालीहरुको भावना समेटिएको गीत परदेशले मलाई रुवायो को भिडियो सार्वजनिक गरेका छन् l हाल अमेरिकालाई कर्मथलो बनाईरहेका सर्जक / कलाकार सेन्चुरीको सो भिडियो अमेरिकामै रहेका अर्का लोकप्रिय सर्जक / कलाकार विमल डाँगीको युट्युब च्यानल Bimal Dangi मा अपलोड गरिएको छ l ‘बिभिन्न असहजताका बाबजुद प्रवाशमै रेकर्ड गरी आफ्नो भावना र सिर्जनशीलता पोख्ने प्रयास गरेको छु l प्रतिक्रिया, सल्लाह र सुझाव दिनुहोला’ प्रेम भन्छन् l यथार्थपरक भाव रहेको यस गीतको सङ्गीत संयोजन विमल बुढाथोकीले गरेका हुन् l

SUBSCRIBE 👉

बाध्यताले देश छाडेर बाहिर बस्नु परेपनि मन आफ्नै घरआँगन, परिवार र उकाली ओरालीहरूमै डुलिरहेको कुरा गीतले बोलेको छ l ‘तन टाढा भएपनि गाउँघर र आफन्तलाई भुलेको छैन’ प्रेमले गीतमा भनेका छन् l कारुणिक लय रहेको यस गीतलाई समस्त प्रवाशी नेपालीहरुको साझा भावनाको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l   

SUBSCRIBE 👉