कालापानी र नालापानीको गीत लिएर आए हुम गैरे

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय सर्जक / कलाकार हुम गैरेले नेपाली भूमि माथिको भारतीय अति*क्रम*ण विरु*द्धमा चेतनामूलक एवं देशभक्तिपूर्ण गीत कालापानी हाम्रै हो, नालापानी हाम्रै हो सार्वजनिक गरेका छन् l विशाल मुभिज प्रा. लि. को प्रस्तुतिमा यस गीतको भिडियो भरखरै Bishal Films नामक युट्युब च्यानलमार्फत विश्वव्यापी रुपमा श्रोतामाझ आएको हो l कृष्ण बि. क. को सङ्गीत संयोजन र हेमराज डाँगीको ध्वनि मिश्रण रहेको यस गीतमा हुम गैरेकै शब्दरचना, सङ्गीत र स्वर रहेको छ भने भिडियो निर्देशन तथा सम्पादन समेत सर्जक / कलाकार गैरेले नै गरेका हुन् l

SUBSCRIBE 👉

‘अब लिपुलेक, कालापानी र लिम्पियाधुरा मात्र नभई टिष्टा र काङ्गडामा पनि नेपाली झण्डा फहराउनु पर्छ l भारतीय बिस्तार*बाद विरु*द्ध सबै नेपाली एक हुनुको विकल्प छैन l देशको सिमा बचाउन एकपटक अन्तिम यु*द्ध ल*ड्नुपर्छ’ गीतमा भनिएको छ l प्रस्तुत गीतको भिडियो रविन्द्र खड्काले छायाङ्कन गरेका हुन् l  

SUBSCRIBE 👉