देशभक्तिपूर्ण भावले ओतप्रोत गीत ‘मुग्लानी छातीमा देश दुख्छ’

तुलसी गिरी ‘भावुक’


लामो समय अघिदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएकी सर्जक सुष्मा देवकोटाको शब्दरचनामा रहेको राष्ट्रिय भावको गीत ‘मुग्लानी छातीमा देश दुख्छ’ को लिरिकल भिडियो सार्वजनिक भएको छ l सन्जिब बराईलीको सङ्गीत संयोजन तथा लोकप्रिय गायक राज सागरको सङ्गीत / स्वरमा रहेको यस गीतको भिडियो US Media Network नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l गीतमा प्राकृतिक विपत्ति, गरिबी, छिमेकी मुलुकबाट भईरहेको सिमा अतिक्र*मण लगायतका कारणबाट भएको पी*डावोध प्रकट भएका छन् l ‘पत्रकारिताका दौरान दैनिक समाचार बनाउने क्रममा भएका नमिठा अनि अविश्मरणीय अनुभूतिहरुले गर्दा नै यो गीत सिर्जना भएको हो’ एक दशक भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएकी गीतकार सुष्मा भन्छिन् l देशभक्तिपूर्ण भावले ओतप्रोत यो गीतमा यथार्थ विषय तथा घटनाक्रमहरुको उठान गरिएको छ l

SUBSCRIBE 👉

 कवयित्री, कथाकार एवं गीतकार सुष्माका यसअघि केही गीति एल्बम प्रकाशन भईसकेका छन् भने फुटकर रुपमा समेत थुप्रै गीत सार्वजनिक भएका छन् l उनले गायक / सङ्गीतकार राज सागरसँग नियमित रुपमा सहकार्य गर्दै आएकी छिन् l राज सागर र सुष्माको सहकार्यको यो आठौँ गीत हो l

Full Lyrics
कहिले पहिरोले पहाड खस्छ
कहिले बाढीले मधेश दुख्छ
आफन्त गुमाएका समाचारले
यो मुग्लानी छातीमा देश दुख्छ

कहिले भूकम्पले धर्ती कापिदिन्छ प्रलय भै
कहिले चिसो सिरेटोले खोसी लाग्छ जिन्दगी नै
कहिले कर्णाली भोकले रुन्छ
कहिले सुस्तामा दुख्छ यो देश
स्वयंभुका आँखाबाट आँशु बनि बग्छ स्वदेश

बिक्री हुन्छ हाम्रो खुशी बिदेशको सस्तो बजारमा
किन पर्छन् अवोध मुहार निर्दयीका पापी नजरमा ?
शेर्पा दाईका पौरखी हात हिमपाते करौंती धारमा
शब्द होईन आँसु छापिन्छ मेरो देशको अखबारमा

SUBSCRIBE 👉