रोमान्टिक भिडियो ‘छड्के नजर’ मा गीतकार तारा अधिकारी

-तुलसी गिरी ‘भावुक’


कोरोना भाईरसका कारण लकडाउनको अवधि अनिश्चित बन्दै गएपछि भिडियो बन्ने क्रममा रहेका गीतहरु तत्कालका लागि लिरिकल भिडियो को रुपमा धमाधम रिलिज गर्न थालिएको छ । यसै क्रममा गीतकार तारा अधिकारीले भरखरै रोमान्टिक गीत छड्के नजर को लिरिकल भिडियो सार्वजनिक गरेकी छिन् l गीतमा कुनै सुन्दरीको छड्के नजरबाट घायल भएको पुरुषको मनोदशा व्यक्त भएको छ l एकै नजरले दिलमा ल्याएको हलचल, अचानक बढेको बेचैनी र कौतुहलतालाई गीतकारले यथार्थपरक ढङ्गमा शब्दमा उनेकी छिन् l केहीदिन अघि मात्र गीतकार अधिकारीले अर्को गीत ए हावा को लिरिकल भिडियो रिलिज गरेकी थिईन् l ए हावाछड्के नजर दुबै गीत, गीतकार ताराको एकल शब्दरचनाको एल्बम सुनौलो तारा मा रहेका छन् l भिडियो Sunaulo Tara नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l   

छड्के नजर बोलको यस गीतमा दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत  संयोजन र विश्व नेपालीको स्वर रहेको छ । आर. बी. साउण्ड एण्ड म्युजिक र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, / मिक्सिङ गरेको यो गीतलाई नहकुल खड्काले दृश्य सम्पादन गरी लिरिकल भिडियो तयार पारेका हुन् । लकडाउन खुलेपछि क्रमैसँग सुनौलो तारामा समावेश भएका गीतको भिडियो छायाङ्कन गरिने कुरा गीतकार अधिकारीले जानकारी गराएकी छिन् l