भीषण र सङ्गीताको स्वरमा ‘केहीदिन अझै घरमै बसौं’

संसारलाई नै कोरोना भाईरसले आतङ्कित बनाईरहेको वर्तमान अवस्थामा लकडाउनको समयलाई सदुपयोग गर्दै सर्जक / कलाकारहरुले एकपछि अर्को चेतनामूलक गीत प्रकाशन गरिरहेका छन् l यसै सिलसिलामा भरखरै विपिन किरणको शब्दरचना, धनु ज्ञाङ्मीको सङ्गीत तथा सङ्गीत संयोजन एवं भीषण मुकारुङ र सङ्गीता रणपयालीको स्वरमा कोरोना विशेष चेतनामूलक गीत ‘केहीदिन अझै घरमै बसौं’ को भिडियो सार्वजनिक भएको छ l

SUBSCRIBE 👉

ए प्लस नामक स्टुडियोमा रेकर्ड भएको यो गीतको रेकर्डिङ तथा मिक्सिङ् नरेश बी. सी. ले गरेका हुन् भने योगेश दाहालको छायाङ्कन र सम्पादनमा भिडियो निर्माण भएको हो l भिडियो Kiran Creation नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l गीतमा कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा स्पष्ट पारिएको छ भने अझै केहीदिन घरमै बसेर कोरोनालाई पराजित गर्न आह्वान गरिएको छ l

SUBSCRIBE 👉