सीडी विजयको स्वरमा `बाहिर नजाऊ हुन्न र ?´

सारा विश्व नै कोरोना भाइरसको डरलाग्दो महामारीबाट विचलित भइरहेको बेला बिभिन्न पेशा या व्यवसायमा आवद्ध व्यक्तिहरुले आ-  आफ्नो विधा र दक्षता अनुसार जनतालाई सान्त्वना दिन र आत्मबल बढाउन योगदान गर्दै आइरहेको आजको अवस्थामा सर्जक / कलाकारहरु पनि यसबाट टाढा रहन सकेका छैनन् । अहिले यो महामारी सम्बन्धी  बिभिन्न गीत, गजल, मुक्तक, कविता जस्ता साहित्यिक लेख – रचनाहरु आईरहेको सन्दर्भमा गीतकार प्रकाश सुवेदीको शब्दरचना, भ्वाइस अफ नेपालका प्रथम विजेता गायक सीडी विजय अधिकारीको सङ्गीत तथा स्वर, राजु कार्कीको सङ्गीत संयोजन र कुशल सम्पादक वीरेन्द्र भाट विपिनको भिडियो सम्पादनमा जे छ घरमा मीठो नमिठो त्यही खाऊ  हुन्न र ?  बोलको गजलको भिडियो सार्वजनिक भएको छ । अनुरोधात्मक शैलीमा लेखिएको यो चेतनामूलक गजल सि. डि. एम. म्यूजिक क्रिएशन र स्टूडियो किङ्गको सहकार्यमा भरखरै बजारमा आएको हो ।

SUBSCRIBE 👉

वर्तमान समस्यालाई नै आधार बनाएर केहीदिन अघिमात्र मेरो विश्व मेरो घर भो शुभकामना नपठाऊ जस्ता सन्देशमूलक गीतहरु सार्वजनिक गरेका गजलकार एवं गीतकार प्रकाशले यो गजल मार्फत घर बाहिर निस्कँदा सङ्क्रमित हुन सक्ने हुनाले सरकारले निर्देशन गरेको नियम पालना गर्दै घरमा जे छ त्यसैले निर्वाह गरी स्वयं र संसारलाई बचाउँन  आह्वान गरेका छन् । गीतले भन्छ-

जे छ घरमा मीठो नमिठो त्यही खाऊ  हुन्न र
छैनन् खुलेका नधाउनु बजार थोत्रै लाऊ हुन्न र

हरेक साँझ दोहोरी डिस्को डान्स बार जानेहरू
बजाई खैंजडी मुजुरा भजन, घरमै गाऊ हुन्न र

धराभरि विपत्ति छाएको छ अटेर गर्छौ किन
हामी आफू बाँचौं बचाऔं संसार बाहिर नजाऊ हुन्न र

भन्दैन यसले धनी र गरिव उच नीच पनि
रूँदैछ दुनियाँ बिलौना गरी तिम्लाई घाउ हुन्न र

SUBSCRIBE 👉