तारा अधिकारीको ‘ए हावा’ गीतको लिरिकल भिडियो सार्वजनिक

गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ए हावा… को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

SUBSCRIBE 👉

वरिष्ठ सङ्गीतकार दीपक जंगमको सङ्गीत र स्वरुपराज आचार्यको स्वर रहेको यस गीतमा किरण कँडेलको सङ्गीत संयोजन र  शम्भु कुमार तण्डुकारको मिक्सिङ रहेको छ । गीत प्रज्ञा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यो तारा अधिकारीको एकल शब्दमा रहेको सुनौलो तारा  नामक एल्बमको गीत हो ।  जुन एल्बम गत चैत ५ गते राजधानीको लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको थियो । भिडियो छायाङ्कन गर्ने उद्देश्य भएपनि लकडाउनले अहिले त्यो सम्भव नभएकाले तत्कालका लागि लिरिकल भिडियो ल्याइएको कुरा गीतकार अधिकारीले जानकारी गराएकी छिन् । भिडियो गीतकार अधिकारीकै युट्युब च्यानल सुनौलो तारामा अपलोड गरिएको छ ।

SUBSCRIBE 👉