रविन घिसिङ र सजना पन्त बने ‘मोडल सुपर स्टार’

‘मोडल सुपर स्टार’ नामक सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । गत शुक्रबार राजधानीमा ‘मोडल सुपर स्टार’ को दोस्रो संस्करणको कार्यक्रम सम्पन्न भएको हो । ३२ जना अन्तिम प्रतिस्पर्धी रहेको सो प्रतियोगितामा ‘मिष्टर मोडल सुपर स्टार’ रविन घिसिङ भएका छन् भने ‘मिस मोडल सुपर स्टार’ को ताज सजना पन्तले जितेकी छिन्  । प्रतियोगितामा पपुलर च्वाइस पुरुषतर्फ सुजन बस्नेत र महिलातर्फ आकृति सुवेदी, अर्गनाइजर च्वाइसमा पुरुषतर्फ आशिष शाक्य र प्रशान्त शाह र महिलातर्फ सिर्जना बस्नेत, सजिना सुब्बा र इच्छा अधिकारीले उपाधि जितेका छन् ।

विजेता प्रतियोगीहरुले भारतको मुम्बईमा आयोजना हुने ‘मोडल सुपर स्टार’ मा भाग लिन पाउने कुरा आयोजक कमिटी सदस्य प्रमिला सिलवालले जानकारी गराईन् । प्रतियोगिताको कोरियाग्राफर रोजिन शाक्य रहेका थिए । कार्यक्रममा कमल खत्री, रेखा शाह, अञ्जना राई र दिपिका थापाले गीत प्रस्तुत गरेका थिए । आगामी फेबुअरी १४ मा मुम्बईमा आयोजना हुने प्रतियोगितामा ‘मोडल सुपर स्टार सिजन २’ का विजेताहरुले उपाधि जित्ने कुरामा आफू आशावादी रहेको समेत आयोजक संस्थाका निर्देशक रमेश शाहीले बताएका छन् ।

SUBSCRIBE 👉