रोजिना बस्नेतले जितिन् ‘मिस ग्ल्याम नेपाल २०२०’ को उपाधि

-तुलसी गिरी ‘भावुक’

जनकपुरकी रोजिना बस्नेतले ‘मिस ग्ल्याम नेपाल २०२०’ को उपाधि जितेकी छिन् l टाइटल उपाधिसँगै उनले ‘मिस फोटोजेनिक’, ‘मिस मल्टिमिडिया’ र ‘मिस वेष्ट वाक’ को टाइटल समेत हात पारिन् l अरोमा इन्टरटेनमेन्टको आयोजनामा माघ ४ गते ठमेलस्थित छाया सेन्टरमा आयोजित ‘मिस ग्ल्याम नेपाल २०२०’ को फिनालेमा रोजिनाले १२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि हात पारेकी हुन् l उपाधिसँगै उनले क्राउन, ट्रफि र नगद पुरस्कार पनि प्राप्त गरेकी छिन् l

यसैगरी समारोहमा बर्दिबासकी रेनुका बोगटी फर्ष्ट रनरअप भइन् भने धरानकी सम्झना परियारले सेकेण्ड रनरअपको उपाधि जितिन् l सेकेण्ड रनरअपको उपाधिसँगै उनले ‘मिस ग्ल्यामर लुक’ टाइटल समेत हासिल गरेकी छिन् l प्रतिस्पर्धामा पोखराकी पूर्णिमा गुरुङले ‘भिवर्स च्वाइस’ र ‘मिस ट्यालेन्ट’ दुई टाइटलमा आफ्नो अधिकार जमाइन् भने सुर्खेतकी लक्ष्मी चौधरीले ‘अर्गनाइजर च्वाइस’ टाइटल हात पारिन् l यसैगरी ललितपुरकी रश्मी भण्डारीले ‘पव्लिक च्वाइस’, काठमाण्डौकी स्मारिका शेरचनले ‘वेष्ट पर्सनालिटी’, इलामकी बिज्ञान सारु मगरले ‘मिस कन्फिडेन्ट’, सुर्खेतकी तुलसी पुलामी मगरले ‘मिस वेष्ट हेयर’ र भक्तपुरकी प्रकृति अधिकारीले ‘मिस डिसिप्लिन’ को टाइटल जित्न सफल भएका छन् l

समारोह वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने लोकप्रिय गायिका सत्यकला राई, प्रथम नेपाल आइडल वुद्ध लामा, नायिका मिरुना मगर, मिस बेपाल आइडल २०१९ निमा लामा शेर्पा, चलचित्र निर्देशक मुश्कान ढकाल र सौन्दर्यविद् शशी शाहीले निर्णायकको भूमिका निर्वाह गरेका थिए l

लगभग एक महिना अगाडिदखि अडिशन सुरु गरिएको र यो बीचमा प्रतियोगीहरुको व्यक्तित्व विकाशका लागि विभिन्न चरणमा तालिम दिईएको कुरा आयोजक कमिटीका अध्यक्ष अशोक कुमार तामाङले जानकारी गराएका छन् l यस प्रतिस्पर्धात्मक प्रतियोगितामा केशव थापाले कोरियोग्राफी र रविन गुरुङले मोटिभेशनल स्पिकिङ सम्बन्धी ट्रेनिङ दिएको कुरा समेत अध्यक्ष तामाङले बताए l प्रतिस्पर्धामा १३ जना सुन्दरीहरुको सहभागिता रहेको थियो l

SUBSCRIBE 👉