भारतीय अतिक्र*मणबारे चेतनामूलक नाटक ‘जङ्गे पिलर’

  • तुलसी गिरी ‘भावुक’
    साँस्कृतिक संस्थानको आयोजनामा सिमाना सम्बन्धी चेतनामूलक नाटक ‘जङ्गे पिलर’ मञ्चन भएको छ l गत पुष ७ गते संस्थानकै मेघाहल { सत्यमोहन जोशी प्रेक्षालय } मा नाटक मञ्चन भएको हो l नाटक अवलोकनका लागि पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनाल लगायत प्रदेशसभा सांसदहरु, पूर्व मन्त्रीहरु लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l  किशोर अनुरागको लेखन तथा निर्देशन रहेको सो नाटकमा किशोर लगायत भूपराम क्याप्छाकी मगर ‘सुजन’, पुष्पराज अवस्थी, मधु राई, रमेश कुमार राई, प्रशान्त श्रेष्ठ, रविन आचार्य, निर्मला उप्रेती, आहना सिलवाल, तिलक सुनुवार, गीता थापा, मनिता सुन्दाश, अशोक सिवाकोटी, अभिषेक नेपाल, ज्योति पोखरेल, सुदिप पटेल, राम भजन कामत र सुनिल पन्तले अभिनय गरेका थिए l करिव सवा घण्टा लामो सो नाटक मञ्चन पश्चात आफ्ना कुराहरु राख्दै नाटकका लेखक/निर्देशक किशोर अनुरागले भने –’मैले जे सुनें, देखें र भोगें त्यही कुरा नाटकमा उतार्ने प्रयास गरेको छु l’
  • नाटक ‘जङ्गे पिलर’ मा सिमानाका नेपालीहरुको कथा-व्यथा तथा भारतीय अतिक्र*मणबारेका कुरा प्रस्तुत गरिएको थियो l  खासगरी सुस्ता क्षेत्रको कथामा केन्द्रित सो नाटकमा सिमानाका नेपालीहरु भारतीय सिमा सुरक्षाबलबाट कसरी प्रता*डित भईरहेका छन् ? र लालपुर्जा हातमा भएर पनि आफ्नो जमिन भारततिर पुग्दा उनीहरु टुलुटुलु हेरेर बस्न कसरी बाध्य छन् ? जस्ता कुरा देखाईएको थियो l नाटकमा आफ्नो देशको सिमा सुरक्षाका लागि ज्या*नको आहु*ती दिन समेत तयार रहेका सर्वसाधारण सुस्ताबासी नेपाली र भारतको गुलामीमै तल्लिन नेताहरुको चरित्रमाथि समेत व्यंग्य गरिएको थियो l
  • समारोहमा संस्थानका नि. महाप्रवन्धक प्रभाकर देव शर्माले आफ्नो भूमि मिचिंदा कसको मन रूँदैन ? भन्दै जनचेतनाका लागि यो नाटक मञ्चन गरिएको कुरा बताए l उनले अगाडि भने –’भक्ति थापा, अमरसिंह, बलभद्र कुँवर र भीमसेन थापा जस्ता वीरहरुको नेत्तृत्वमा हाम्रा पुर्खाहरुले खु*कुरी, भा*ला, हँसि*या र खुँ*डाको भरमा जोगाएको यो देश इतिहासको कुनै कालखण्डमा कहिल्यै पराधिन थिएन l तर आज हाम्रो सिमाना छिमेकीको अतिक्र*मणमा परिरहेको छ l  कलाकार समाजको दर्पण भएकोले समसामयिक विषयका घटनाक्रमलाई नाटकको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेका हौँ l यस्ता नाटक गाउँ गाउँमा देखाउनु पर्छ l’ शर्माले संस्थानको गतिविधिबारे प्रष्ट पार्दै आगामी माघ २६ गतेबाट इलाममा राष्ट्रिय नाटक महोत्सवको आयोजना गर्न लागिएको र पुष २७ गते संस्थानकै हलमा सातै प्रदेशको प्रस्तुति रहने साँस्कृतिक महोत्सवको आयोजना हुने कुरा समेत समारोहलाई जानकारी गराएका छन् l उनले भने –’बहुचर्चित र दर्शकले अत्यन्तै रुचाएका नाटक ‘एक चिहान’ र ‘बहुलाकाजीको सपना’ पनि छिट्टै मञ्चन गर्दैछौं l’ कार्यक्रम सहजकर्ताको भूमिका वरिष्ठ गायक विपिन घिमिरेले निर्वाह गरेका थिए भने नाटकको तयारीका क्रममा नाटक विभाग प्रमुख वीरेन्द्र हमालको विशेष भूमिका कुरा थाहा भएको छ l  
SUBSCRIBE 👉
SUBSCRIBE 👉