हङकङमा थोमसको एकल साँझ

गायक थोमस राई हालै हङकङमा एकल गायनको कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएका छन् l ‘हङकङ हिमायती’ को निमन्त्रणामा ‘नेपाल हिमायती’ कलाकार टोलीको साथमा अतिथि कलाकारको रुपमा उनी हङकङ पुगेका थिए l इलाम समाज हङकङको आयोजनामा उनको एकल साँझ सम्पन्न भएको हो l स्कुले उमेरदेखि  नै सङ्गीतमा सक्रिय रहेका थोमस हाल सङ्गीतकार, सङ्गीत संयोजक, वाद्यवादक, गायक र स्टुडियो साउण्ड इन्जिनियरका रुपमा क्रियाशील रहेका छन् l ‘म गायकको रुपमा यो क्षेत्रमा प्रवेश गरेको थिएँ l स्कूलदेखि नै सार्वजनिक रुपमा गाउन थालेको थिएँ l नेपाल र नेपाल बाहिरका धेरै स्टेजमा गीत गाईसकेको भएपनि मेरो एकल गायनको कार्यक्रम भने यो नै पहिलो हो’ थोमस भन्छन् l ‘एकल साँझ’ मा ‘सलल बगेको माइखोला, मेरी आमा परदेशीको सुर्ता गर्दै होलिन्, हिरामोती तिम्रो माया किन्न सकिन, तिमीले सम्झे पनि’ लगायतका १ दर्जन गीत प्रस्तुत गरेको कुरा थोमसले जानकारी गराएका छन् l

सङ्गीतका प्रमुख सबैजसो विधामा उत्तिकै अब्बल बहुमुखी प्रतिभा इलामे सर्जक – कलाकार थोमसले ०६२ देखि आफ्नै स्वामित्वको ‘ग्रेस रेकर्डिङ स्टुडियो’ सञ्चालनमा ल्याएका छन् भने फुटकर रुपमा दर्जनौं गीतमा स्वर दिएका उनले एकल स्वरका २ वटा  र गायिका रुश्मा राईसँगको युगल स्वरका २ वटा गरी कूल ४ वटा एल्बम प्रकाशन गरेका छन् l उनले रेडियो नेपालबाट समेत स्वर परीक्षा उत्तीर्ण गरेका छन् l  त्यहीं रेकर्ड भएका र बाहिरका निजी स्टुडियोमा रेकर्ड भएका गरी २ दर्जन भन्दा बढी उनका गीत रेडियो नेपालको लाइब्रेरीमा समेत दर्ता छन् l जुन गीत रेडियो नेपालले बजाउँदै पनि आएको छ l

SUBSCRIBE 👉
SUBSCRIBE 👉