‘मायाज् ब्युटी पार्लर’ को चौथो शाखा सञ्चालनमा

लगनखेलमा ‘मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ को नयाँ शाखा खुलेको छ । नायिका वर्षा सिवाकोटीले सो शाखाको उद्घाटन गरेकी हुन् । विगत १ दशकदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरीले सो पार्लर संचालनमा ल्याएकी हुन् । भक्तपुर सूर्यविनायकमा मुख्य पार्लर रहेको ‘मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ को नयाँ बानेश्वर र कलंकीमा समेत शाखा रहेको छ भने यो तेश्रो शाखा हो । पार्लरको चौथो शाखा चावहिल एरियामा खोल्ने तयारीमा रहेको संचालिका गिरीले बताइन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नायिका सिवाकोटीले पार्लरको सफलताको कामना गरेकी थिइन् । उनले भनिन्- ‘महिलाको लागि पछिल्लो समय सौन्दर्यकला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । त्यसमाथि हामी कला क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन । त्यसैले मायाज्को सेवा सुविधा लिन म आतुर छु । मायाज्ले नाम जस्तै सबैको माया पाओस् ।’ पार्लरले नायिका सिवाकोटीका लागि १ वर्षसम्म सम्पूर्ण सौन्दर्य सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि विशेष छुटको व्यवस्था गरेको छ । ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुविधामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

SUBSCRIBE 👉
SUBSCRIBE 👉