सातौँ ‘जुनियर ब्याटल – २०१९’ को उपाधी अनु भण्डारीलाई

सातौँ ‘जुनियर ब्याटल – २०१९’ को उपाधी तोरण स्कूलकी अनु भण्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेर साँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैया, क्राउन र विभिन्न उपहारहरु समेत प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कुरा आयोजकले जानकारी गराएका छन् ।

सो प्रतियोगितामा जुनियरतर्फ फष्ट रनरअपको उपाधि पाठशाला नेपालकी श्रेया थापाले र सेकेण्ड रनरअपको उपाधि पाठशाला नेपालकै कुशल लामाले जितेका छन् । यस्तै सिनियरतर्फ फष्ट  रनरअपको उपाधि एल. आर. आई. स्कूलबाट आजन्म सापकोटाले र सेकेण्ड रनरअपको उपाधि तोरण स्कूलबाट आश्मा थापाले हासिल गरे । प्रतियोगिताको निर्णायकमा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, सङ्गिता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुभेक्षा खड्का, धर्मेन्द्र सेवान र रोहित जोन क्षत्री रहेका थिए ।

SUBSCRIBE 👉