‘किड्स एण्ड टिन फेशन मोडल’ कार्यक्रम सम्पन्न

– गीता अधिकारी –

राजधानीको परेली रेस्टुरेन्टमा ‘किड्स एण्ड टिन मोडल’ नामक फेशन कार्यक्रम सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित उक्त कार्यक्रममा ‘प्रि किड्स फेशन मोडल २०१९’ को उपाधी यशाश्री महर्जनले जितेका छन् भने ‘किड्स मेल फेशन मोडल २०१९’ को ताज सहश्र प्रधानले प्राप्त गरेका छन् । त्यस्तै ‘किड्स फिमेल मोडल २०१९’ स्लेशा  बिष्टले, ‘प्रि टिन मेल फेशन मोडल २०१९’ स्वागत मल्लले र   ‘प्रि टिन फिमेल फेशन मोडल २०१९’ बेबिशा भण्डारीले जितेका छन् । यी पाँचैजना विजेताहरुले जनही नगद रु. ७,५००/- र ट्रफिका साथमा विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन् भने थाइल्याण्डमा आयोजना हुने ‘इन्टरनेशनल फेशन फेस्टिवल २०१९’ मा उनीहरुलाई सहभागी गराईने कुरा आयोजकले जानकारी गराएका छन् ।

समारोहका रनरअपहरुमा ‘डी.एस.ए. मिनी किड्स सुपर मोडल २०१९’ सान्वी शाक्य, ‘डी.एस.ए. प्रि किड्स सुपर मोडल २०१९’ निर्जला थापा, ‘डी.एस.ए. किड्स सुपर मोडल २०१९’ विनोना डंगोल, ‘डी.एस.ए. किड्स फेशन सुपर मोडल २०१९’ विदुर भण्डारी, ‘डी.एस.ए. किड्स मेल सुपर मोडल २०१९’ श्रीयन्श श्रेष्ठ, डी.एस.ए. किड्स फिमेल सुपर मोडल २०१९’ अपेक्षा शेरचन, ‘डी.एस.ए. प्रि टिन मेल सुपर मोडल २०१९’ आरुष बस्नेत र ‘डी.एस.ए. प्रि टिन फिमेल सुपर मोडल’ अंशिका अधिकारी भएका छन् ।

यस फेशन मोडलका लागि चिफ जज विश्व शारीरिक सुगठन विजेता महेश्वरमान महर्जन रहेका थिए भने अन्य जजहरुमा सोनिया गुरुङ, विनी बज्राचार्य, फडेन्द्र प्रसाई, ऋषिराम अधिकारी र अक्षयजंग रायमाझी रहेका थिए ।

इभेन्ट अर्गनाइजर फाउण्डर कमल छेत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।