लुट्नकै लागि ncell

रोयल्टी व्यवस्थापनलाई झन् झन् जटिल बनाउने काममा निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक संस्था एनसेल योजनावद्ध ढंगले लागेको महसुस गरिएको छ l सफ्टवेयर परिवर्तन भन्दै गतबर्ष केही महिना आरबीटीमा नयाँ गीत दर्ता नै बन्द गरेर गत डिसेम्बरदेखि सर्भर पुनः सुचारु गरिएको भएपनि त्यसपछि डाउनलोड हेर्न नमिल्ने बनाइएको छ l पूर्व समयमा व्यक्तिले हेर्न नमिले पनि एग्रिग्रेटरले जुनसुकै बेला आरबिटी के कति डाउनलोड भइरहेको छ भनेर हेर्न मिल्थ्यो भने म्युजिक कम्पनी या व्यक्तिले एग्रिग्रेटर मार्फत सो सम्बन्धी जानकारी प्राप्त गर्दथे l प्राविधिक समस्याका कारण डाउनलोड भईसकेको तथ्यांक लुप्त हुँदा सो कुरा थाहा हुन्थ्यो l सम्पति एउटाको तर सूचना लुकाएर मनोमानी ब्यापार गर्ने अर्कै ! अहिलेको अवस्थामा एनसेलले जे भन्छ पत्याउनु र जति दिन्छ चुपचाप हात थाप्नुको विकल्प छैन l
केही हप्ता अघि एनसेलले पठाएको डाटा मध्ये डिसेम्बर अगाडिको डाउनलोडमा गीतको बोल र गायक-गायिकाको नाम मात्र छ l कम्पनीको नाम नै छैन l जुन कुरा सर्भरमा इन्ट्री भएको छ र पूर्व समयमा उसले डाटा पठाउँदा कम्पनीको नाम सहित नै आउने गर्दथ्यो l सर्भरमा नयाँ सफ्टवेयर हालेपछिको अर्थात डिसेम्बर पछि दर्ता भएका गीत डाउनलोडको डाटामा त झन् गीतकार-सङ्गीतकारको नाम नै छैन l जब कि डिसेम्बर यता एग्रिग्रेटरले गीत दर्ता गर्दा गीतकार-सङ्गीतकारको नाम समेत इन्ट्री गरेका थिए l डिसेम्बर यता एनसेलले अर्को जटिलता थप गरेको छ, एउटै गीत १७ थरि रकममा आरबीटी डाउनलोड भएको छ l एकातिर डाटा दिदैन अर्कोतिर एउटै गीतको परिपरिको रकम ! उदेकलाग्दो कुरा त के छ भने एनसेलले सयौं कम्पनीका आरबीटीको टीडीयस काट्ने र कर कार्यालयमा आफ्नै नाममा दाखिला गर्ने गरेको छ l राज्यलाई कर तिर्ने सङ्गीत ब्यावसायी तर करदाता चाहिं एनसेल ! उसले कति टीडीयस सरकारलाई बुझायो या बुझाएन कसैलाई थाहा छैन l
कम्पनी विक्री लाभकर प्रकरणमा एनसेलले सरकारलाई त नचाइरहेको छ भने सङ्गीत व्यावसायीलाई उसले गन्तीमा राख्ने कुरै भएन l एनसेलको यो तिकडमबाट अहिले सबैभन्दा गारो सङ्गीत रोयल्टी सङ्कलन समाजलाई परेको छ l सस्तो र महँगोको बहानामा थरिथरिका सिम निकालेर सेवाग्राहीलाई ठगिरहेको एनसेललाई लाइनमा ल्याउन समस्त स्रष्टा, कलाकार र ब्यावसायी एक हुनुको विकल्प छैन l ‘रोयल्टी किन बाँड्दैनौ ?’ भनेर दिनकै फोन गर्नेहरुको चाहिं कुनै दायित्व नै हुन्न र