सन्तोष, सिडी र पद्माले पाए गोल्ड मेडल

रेडियो नेपालको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापि खुला आधुनिक सङ्गीत प्रतियोगितामा सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक सिडी बिजय अधिकारी र गीतकार पद्मा लिंखा मगरले आ-आफ्ना विधामा प्रथम स्थान हासिल गरी गोल्ड मेडल प्राप्त गरेका छन् l गत चैत १८ गते सम्पन्न अन्तिम प्रतिस्पर्धामा तीनैजना विजेताको घोषणा गरिएको थियो भने २० गते आयोजित अर्को कार्यक्रममा ५ ग्राम स्वर्ण जडित पदक सहित प्रमाणपत्रद्वारा तिनैजनालाई पुरस्कृत गरिएको थियो l अन्तिम प्रतिस्पर्धाका लागि सातै प्रदेशबाट जितेर आएका सर्जक-कलाकारहरुले भाग लिएका थिए l