रहेनन् सितारवादक विजय

नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अत्यन्तै प्रख्यात समूह ‘सुर सुधा’ का एक हस्ती विजय बैद्यको निधन भएको छ l लामो समयदेखि कलेजो र छातीको उपचार गराईरहेका वैद्यले गत चैत १८ गते प्राण त्यागेका थिए l ‘सुर सुधा’ समूहका सितारवादक वैद्य आफूलाई ‘सितार योगी’ भन्न रुचाउँथे l