उत्पादक समाजमा पुनः ढकालको नेत्तृत्व

गत चैत २३ गते सम्पन्न ‘सङ्गीत उत्पादक समाज’ नेपालको तेस्रो बार्षिक साधारण सभामा माउन्टेन म्युजिकका प्रवन्ध निर्देशक निर्मलराज ढकाल लगभग आफ्नो पूरै प्यानल सहित अध्यक्ष पदका लागि भारी मतान्तरले पुनः विजयी भएका छन् l निर्वाचनमा ढकालले १ सय १३ मत प्राप्त गरेका थिए भने प्रत्यासी उम्मेदवार विन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीले ५५ मत पाएका थिए l साधारण सभामा उपाध्यक्ष पदका लागि सूर्य बहादुर मगर, महासचिवका लागि हुम गैरे र सचिवका लागि सुनिल लामिछाने निर्विरोध भएका थिए भने चुनावी प्रक्रियामा गएका बाँकी पद मध्ये कोषाध्यक्षमा राजशुक्र लिम्बू र सदस्यहरुमा सन्तोष केसी, तोरण गुरुङ, खगेन्द्र कुमार लिम्बू र उमेश गुरुङ विजयी भएका छन् l सुवास रेग्मी प्यानलबाट सदस्य पदका लागि एकमात्र उम्मेदवार सन्तोष केसी विजयी भएका थिए l
चुनावमा प्रत्यासी प्यानलले चिया पसले, ब्युटिसियन लगायतका गैर म्युजिक व्यवसायीहरुलाई भोटर बनाएको आरोप लगाउँदै सुबास रेग्मी प्यानलले निर्वाचनको परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ l