मिष्टर एण्ड मिस थारु सम्पन्न

थारु अनलाइन मिडियाको आयोजना र नेक्स्ट इभेन्ट इन्टरनेशनलको व्यवस्थापनमा गत पुष ३ गते सम्पन्न ‘मिष्टर एण्ड मिस थारु’ प्रतियोगितामा सिरहाका चन्दन चौधरी र चितवनकी जेनिशा चौधरीले टाइटल उपाधी चुमेका छन् l कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो l दुबै विजेताले पुरस्कारस्वरूप विभिन्न उपहारको साथमा जनही नगद रु. ५०-५० हजार प्राप्त गरेका छन् l
मिस थारुतर्फ बर्दियाकी सम्झना चौधरी फष्ट रनरअप भईन् भने एरिसा चौधरी सेकेन्ड रनरअप घोषित भईन् l दुबै रनरअपलाई ‘मिस नेपाल इन्टरनेशनल २०१६’ कि विजेता वर्षा लेखीले ताज लगाइदिएकी थिईन् भने दोस्रो र तेस्रो विजेताले पनि विभिन्न उपहारका साथमा क्रमश: नगद रु. २० र १० हजार पुरस्कार स्वरूप प्राप्त गरेका थिए l यसैगरी मिष्टर थारुतर्फ सुभव चौधरी फष्ट रनरअप भए भने प्रद्युम्न चौधरी सेकेन्ड रनरअप हुन सफल भए l यस उपाधिका दोस्रा र तेस्रा विजेतालाई पनि उपहारका साथमा क्रमश: नगद रु. २० र १० हजार प्रदान गरिएको थियो l
प्रतियोगितामा वेष्ट वाक आशिष महतो र सम्झना चौधरी, वेष्ट पोशाक महेश महतो र रिन्कु पन्जियार थारु, वेष्ट कल्चरल रिप्रिजेन्ट अनुका चौधरी, पब्लिक चवाइस शेखर चौधरी, वेष्ट ट्यालेन्ट सुभम चौधरी साथै वेष्ट पर्सनालिटीको उपाधी जोसेफ विश्वास र पार्वती आरजी चौधरीले जितेका थिए l कार्यक्रममा ‘मिस नर्थ इन्डिया २०१३’ की विजेता इशा सिंह प्रमुख निर्णायक रहेकी थिईन् भने प्रतिस्पर्धीहरुको कोरियोग्राफी निश्मा चौधरीले गरेकी थिईन् l पहिलोपटक आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै यस प्रकारको कार्यक्रम अब हरेक बर्ष आयोजना गरिने कुरा आयोजकले जानकारी गराएका छन् l